जलवायु अनुकुलन कार्यक्रमहरु लागू गर्दै अघि बढ्नुको विकल्प छैनः वनमन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका असर न्युनिकरण गर्न तीन तहकै सरकारहरु मिलेर काम गर्न जरुरी रहेको बताएका छन् ।

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउका हुन् । उनले जलवायु परिवर्तनका असरहरु कम गर्न व्यक्ति स्वयं पनि लाग्नुपर्ने जरुरी रहेको बताउनु भयो । अन्तर्राष्ट्रिय स्तरमा नेपालका पहलहरुलाई तिब्र रुपमा अघि बढाउँदै जानका लागि सगरमाथा संवादले महत्वपूर्ण भुमिका निर्वाह गरेको जिकिर गरे। मन्त्री ठकुरीले संसदमा क्लाइमेट एलाइन्स बनाउने गरी अघि बढिरहेको बताए ।

मन्त्री ठकुरीले भने, ‘हामी तीन तहकै सरकारहरु मिलेर हाम्रो साझा चुनौतिका रुपमा रहेको जलवायु परिवर्तनका असरहरु कम गर्न हामी स्वयं आफैँले पहल गर्नुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा पनि हाम्रा पहलहरुलाई तिब्र रुपमा अघि बढाउँदै जानका लागि सगरमाथा संवादले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । हामी सबै देशमा क्रियाशिल राजनीतिक दल, नेपाल सरकार, गैर सरकारी संस्थाहरु, अन्तर्राष्ट्रिय साझेदारहरुको सबैको सहयोग र समन्वयमा २५ बुँदे कार्ययोजना क्रमशः लागू गर्दै हामीले यो अभियान पूरा गर्न अघि बढ्नुपर्छ ।’

मन्त्री ठकुरीले जलवायु अनुकुलन कार्यक्रमहरु लागू गर्दै अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार