विमानस्थल नजिकै विमान दुर्घटना

काठमाडौं । अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ ।

भारतको समाचार संस्था इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो भारतको गुजरातस्थित अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटना भएको हो ।

अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको जनाइएको छ ।

विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार

ताजा समाचार