नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारले सुशासन दिन नसकेको बताएका छन् ।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली राजनीति र दलहरूले इतिहास, परम्परा, संस्कृति र धर्म बिर्सिएको जस्तो देखिएको बताए ।
उनले जानुपर्ने पर्ने गन्तव्य अर्कैतिर भएपनि आफूहरू आफ्नै आत्मरतिमा रमाउँदा जनतामा छाएको निराशालाई सम्बोधन गर्न नसकिएको बताएका हुन् ।
उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको बताउँदै यसमा दल र सरकार विशेषले मात्र नभई राष्ट्रिय एकता निर्माण गर्नुपर्ने जिकिर गरे । उनले निषेधको बाटोबाट बाहिर निस्किएर आत्मरतिमा रमाउन छोड्नुपर्ने धारणा राखे ।
सांसद गौतमले मुलुकलाई राम्रो बाटोमा लैजाने कोशिस गरेको खण्डमा सोचेको नेपाल बनाउन सकिने बताउँदै अलमलमा परे कहीँ पुग्न नसकिने बताए ।
उनले दल र सरकारमा रहेका शिर्ष नेताहरूलाई राजनेताको भुमिका निर्वाह गर्न आग्रह समेत गरे ।
उनले भारत र पाकिस्तानबीच युद्ध शुरु भएको भन्दै यसले पार्ने प्रभाव नकारात्मक हुने समेत जिकिर गरे ।

