‘प्रचण्ड’माथि खनिए अब्दुल सत्तार, खुलेरै गरे आलोचना

काठमाडौं–नेपाली काँग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुलेरै आलोचना गरेका छन् ।

शुक्रबार गोरखाको आजरीकोट गाउँपालिका– २ खरीबोटमा नेपाल काँग्रेसले आयोजना गरेको ज्येष्ठ नागरीक सम्मान तथा बनभोज कार्यक्रममा बोल्दै उनले गोरखाको लागि ‘प्रचण्ड’ले कुनै किसिमको काम गर्न नसकेको टिप्पणी गरे ।

नेपाली काँग्रेसले नेकपा माओवादी पार्टीसँग गठबन्धन गरेर सरकार चलाएको बेलामा नेपाली काँग्रेस सन्तुष्ट नभएको बताए ।

‘प्रचण्ड’को नेतृत्वमा चलेको सरकारले गोरखाको आजरीकोट गाउँपालिकामा बिकास गर्न नसकेको बताउदै उनले भने– ‘जनताको आवश्यक्ताको बिषयमा दलले आँट गर्न सक्नुपर्छ । कसैले पनि लोकतन्त्र बिरोधी बन्न पाइदैन ।’

पछिल्लो समय बनेको नेकपा एमाले र काँग्रेस मिलेर बनेको गठबन्धनको सरकारले पनि बिकास तिब्र रुपमा अगाडी बढाउन नसकेको बताए । उनले स्थानिय तहमा निर्वाचित भएका जनप्रतिनिधीहरुले चुनावको बेलामा जनताहरुलाई दिएको आश्वासन पनि पुरा गर्न आग्रह गरेका छन् ।

सत्तारले यस पालिका तथा वडाहरुमा अन्य पार्टीहरुसँग पराजित भएका आफ्ना पार्टी सदस्यरुलाई थप संघर्ष गरी अगामी निर्वाचनका लागि तयार हुन समेत सुझाव दिए ।

सम्बन्धित समाचार

ताजा समाचार