राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टले देशमा गुण्डाहरुको शासन भएको आरोप लगाएका छन् ।
राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सोमवार काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
विगतमा राजाले नै बनाएका सांसदहरुले राजालाई झुक्याएर रातारात राजा र हिन्दु राष्ट्र खारेज गरी संघीयता लादेको जिकिर गरे ।
उनले देशमा भइरहेका विभिन्न आन्दोलन र प्रदर्शनहरुमा सरकारको ध्यान नपुगेको बताए ।
उनले जनताको प्रशासन नभइ पार्टीहरुको प्रशासनले काम गरिरहेको बताए । उनले देश अराजकतातर्फ गइरहेको भन्दै धेरै शहीद जन्मिने खतरा बढेको बताए ।
अध्यक्ष बिष्टले मनमोहन अधिकारी, मदन भण्डारीलगायत एमालेकै नेताहरुले नेपालको सन्दर्भमा राजा अवश्यक भएको भनेकाले पनि नेपालमा राजाको स्थान आवश्यक भएको जिकिर गरे ।

