नवराज सुवेदीमाथिको नजरबन्द हट्यो

‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीमाथिको नजरबन्द हटेको छ।

चैत १५ गते तीनकुनेमा राजावादी समूहको प्रदर्शन हिंसात्मक भएपछि उनी घरमै नजरबन्दमा परेका थिए।

सुवेदीले मंगलबार जारी गरेको विज्ञप्तिमा प्रहरीको निगरानी हटेको र आफू समितिको नियमित काममा फर्किएको उल्लेख गरेका छन्।

‘चैत १५ देखि म चौबीसै घण्टा प्रहरी निगरानीमा थिएँ। यो निगरानी हटेको छ र म संयुक्त जनआन्दोलन समितिको कार्यमा फर्किएको छु,’ उनले भने।

नजरबन्दका बीच आफूप्रति सद्भाव र सहानुभूति व्यक्त गर्ने सबैलाई सुवेदीले आभार प्रकट गरेका छन्।

सुवेदीको नजरबन्द हटेसँगै सो समितिका समितिको कार्यवाहक संयोजक रहेका जगमान गुरुङले आफू मुख्य सल्लाहकारकै भूमिकामा रहने र राजसंस्था पुनर्स्थापना गर्न पूर्ण सहयोग गर्ने बताएका छन् ।

चैत १५ मा तीनकुनेमा व्यवस्था विरोधी समूह राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेसँगै सुवेदी घरमै नजरबन्दमा परेका थिए । त्यसपछि जगमानलाई कार्यबाहक बनाइएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार