काँग्रेस विचारमा विविधतासहितको पार्टी होः नेता रिजाल

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्रराज रिजालले नेपाली कांग्रेस विचारमा विविधतासहितको पार्टी भएको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले नेपाली कांग्रेस आमनागरिकको विचार र चेतना बोकेको पार्टी भएको बताए। उनले कांग्रेस हरेक विचार बोकेका व्यक्तिहरुलाई समेटेर लैजानसक्ने पार्टी भएको दाबी गरे।

उनले पार्टीले विभिन्न विचार र समूहका चेतना बोक्ने भएकाले आमनागरिकले कांग्रेसलाई मेरो पार्टी हो भनेर गर्व गर्नसक्ने अवस्था रहेको जिकिर गरे। विश्वका पुराना लोकतान्त्रिक दलहरुमा सबैलाई समेट्न सक्ने क्षमता हुने उनको भनाइ छ।

नेता रिजालले कांग्रेस र एमालेको वर्तमान सरकारले आगोको पर्खाल निर्माण गरी निषेधको राजनीति गरेको आरोप लगाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार