सेती प्रादेशिक अस्पतालका डाक्टरमाथि आक्रमण, एक जना पक्राउ

सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण भएको छ । सोमबार बिहान करिब ४ बजेको समयमा प्रादेशिक अस्पतालका डाक्टर बेदप्रकाश भट्टमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

भट्टमाथि आक्रमण गर्ने धनगढी उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीय कृष्ण रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।उनका अनुसार राना अस्पतालमा रक्तचापसम्बन्धी बिरामी भएका बुवा रमतर रानाका कुुरुवा बसेका थिए । उनको बुजाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

सोमबार बिहान डाक्टरले आईसीयूमा चेकजाँच गरेर फर्किने क्रममा रानाले आक्रमण गरेका हुन् ।उनको आक्रमणबाट डाक्टरको चस्मा फुुटेको छ भने मुखमा सामान्य चोट लागेको छ । राना मानसिक रुपमा अस्वस्थ भएको बुझिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार