संसद् जान थाले वसन्त नेम्वाङ

नेकपा एमालेका सांसद वसन्त नेम्वाङ संसद् जान थालेका छन् । एक वर्षदेखि उनी बिरामी भएका कारण संसदीय गतिविधिमा सक्रिय हुन सकिरहेका थिएनन् ।

छोरा प्रभात नेम्वाङका अनुसार उनी प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशनबाट नेम्वाङ संसद् जान थालेका हुन् । हिउँदे अधिवेशन गत १८ माघदेखि सुरु भएको हो । वसन्त नेम्वाङ गत वर्ष १७ माघदेखि बिरामी थिए । ताप्लेजुङमा आयोजित नेकपा एमालेको जिल्ला कमिटी बैठकमा सहभागी हुन पुगेका बेला एक्कासि बिरामी परेपछि उनी उपचाररत थिए । उनको उपचार अहिले पनि चलिरहेको छ ।

नियमित अस्पताल रहनु पर्ने अवस्थाबाट मुक्त भएपछि नेम्वाङ संसदीय गतिविधिमा सरिक हुन थालेका हुन् । पछिल्लो समय नेम्वाङको भारतको बेंग्लोरस्थित नेसनल इन्सिच्युड अफ मेन्टल हेल्थ एन्ड न्युरो साइन्समा उपचार भएको थियो ।

ताप्लेजुङमा एक्कासि बिरामी परेपछि हेलिकप्टरबाट काठमाडौं ल्याएर सुरुमा मेडिसिटी अस्पताल भर्ना गरेर त्यहीँ उपचार गराइएको थियो । मेडिसिटी अस्पतालमा करिब एक महिना उपचार गराएपछि घर फर्केका उनी फेरि समस्या आएपछि बेंग्लोर गएका हुन् ।

चिकित्सकका अनुसार नेम्वाङको मस्तिष्कको देब्रे भागको धमनीमा रगत जमेको देखिएको थियो । यसलाई चिकित्सकले ‘ब्रेन स्ट्रोक’ भनेका थिए । ‘ब्रेन स्ट्रोक’ पुष्टि भएपछि उनी गत एक वर्षदेखि उपचारत थिए ।

एक वर्षसम्मको उपचारपछि नेम्वाङ संसदीय गतिविधिमै संलग्न हुन सक्ने भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार