लिभरपुलले टोटनहमलाई ६-३ ले हरायो

मोहमद सालाह र लुइस डियाजको दुई गोल मदतमा प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले टोटनहमलाई ६-३ ले पराजित गरेको छ ।

यस जितपछि लिभरपलुले दोस्रो स्थानको चेल्सीमाथि ४ अंकको अग्रता समेत बनाएको छ ।

टोटनहमको घरेलु मैदानमा भएको खेलमा लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टर र डोमिनिक सोबोज्लाईले एक एक गोल गरे ।

टोटनहमका लागि जेम्स म्याडिसन, डुजान कुलुसेभ्स्की र डोमिनिक सोलान्कले एक एक गोल फर्काए ।

जितपछि लिभरपुलले १६ खेलबाट ३९ अक जोडेको छ । एक खेल बढी खेलेको चेल्सीको १६ खेलबाट ३५ अक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार