सिरियाली राष्ट्रपति बसर अल–असदले इरानी विदेशमन्त्री अब्बास अराघचीसँगको भेटमा आतंकवादी सङ्गठनहरूसँग पूर्ण शक्ति र दृढताका साथ लडाईं जारी राख्नप्रतिवद्धता गरेका छन्।
दमास्कसमा बोल्दै असदले सिरियाको विद्रोही विरुद्धको लडार्इंले राष्ट्रिय स्वार्थ मात्र नभई क्षेत्रीय स्थायित्वमा पनि काम गर्ने कुरामा जोड दिए। आतंकवादको सामना गर्नु, यसको संरचनालाई ध्वस्त पार्नु र यसको स्रोतहरू सुकाउनुले सम्पूर्ण क्षेत्रलाई फाइदा पुर्याउने बताए।
सिरियाली राष्ट्रपतिले विदेशी समर्थित आतंकवादी हमलाहरूको सामना गर्न सहयोगीहरूको समर्थनको महत्वलाई प्रकाश पारे। अराघचीले सिरियाको क्षेत्रीय अखण्डताप्रति इरानको प्रतिवद्धता र चलिरहेको द्वन्द्वमा व्यापक समर्थन प्रदान गर्नको लागि आफ्नो तत्परतालाई पुनः पुष्टि गर्दै इरानी नेतृत्वबाट समर्थनको सन्देश दिए।

