सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन सकेन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन नसकेको बताउनुभएको छ ।

निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन ९प्याब्सन० आज ले काठमाण्डौमा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा अध्यक्ष प्रचण्डले शिक्षालाई सरकारले उच्च प्राथमिकता दिने भनेको भए पनि व्यवहारतः लागू हुन नसकेको जिकिर गर्नुभयो । विकसित देशका लागि पनि पहिलो प्राथमिकता शिक्षामा सुधार नै रहेको उल्लेख गर्दै उहाँले देश, कालअनुसार परिमार्जन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘शिक्षा समाजको शक्ति हो । विकसित देशका लागि पनि पहिलो प्राथमिकता शिक्षामा सुधार नै हुने गर्दछ । शिक्षा देश, काल, परिस्थितिअनुसार विकसित र परिमार्जित गर्दै लानुपर्ने विषय पनि हो । त्यस कारण यसलाई उच्च प्राथमिकता दिनुपर्नेछ । हामीकहाँ पनि शिक्षालाई उच्च प्राथमकिता दिने कुरा गर्छौँ तर व्यवहारमा लागू गर्न सकेका छैनौँ ।’

यस्तै प्रचण्डले सङ्कटको परिस्थितिमा विद्यालयको पुनर्निर्माण, पुनर्स्थापना, अनलाइन कक्षाको सञ्चालन र विद्यार्थी सहायता कार्यक्रमहरूमा निजी क्षेत्रबाट हुने सहयोग र सहकार्य निकै महत्त्वपूर्ण हुने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार